Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता


काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुई नेताबीच आधा घण्टादेखि छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओलीका प्रेस संयोजक रामशरण बजगाईंले समसामयिक विषयमा छलफल गर्न ओली सिंहदरबार गएको बताए। एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायामाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको अवस्थामा ओलीले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

ओलीसँग भेट्नुअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति निवासमा आजै दिउँसो तीन बजे नवनियुक्त तीन मन्त्रीको शपथ कार्यक्रम राखिएको छ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट