Techie IT
  • २२ मंसीर २०८०, शुक्रबार
Jhilko

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, यस्तो छ प्रदेश सभामा गणित


काठमाण्डौं, १२ वैशाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आज मङ्गलवार दलहरूलाई आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनका लागि दलहरूले वैशाख १४ गते बिहीवार दिउँसो ४ बजेसम्म जानकारी गराइसक्नुपर्ने प्रदेशका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ । संविधानको १६८ को उपधारा २ अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरुङले आह्वान गरेका हुन् ।

गएको शनिवार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको हो । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् ।


क्याटेगोरी : राजनीति, गण्डकी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट