Techie IT
  • २० मंसीर २०८०, बुधबार
Jhilko

रास्वपाले उपराष्ट्रपतिमा महिला उमेद्वारलाई मत दिने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा महिला उमेद्वारलाई मत दिने भएको छ । यस अघि राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनलाई सघाएको रास्वपाले उपराष्ट्रपतिमा भने यादवलाई मत नदिने भएको हो ।

रास्वपाका एक नेताले भने, ‘हामीले उप–राष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत दिँदैनौं । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

रास्वपाले उप–राष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ ।

जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ । गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट