उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु, ८ सय २९ खस्यो

काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार भएको मतदानको अहिले साढे ३ बजे संसद् भवनमा मतगणना सुरु भएको हो। निर्वाचनमा ८ सय २९ सांसदले मतदान गरेका छन्।
उपराष्ट्रपति पदका लागि एमालेवाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका थिए। शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको थियो। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम हुन्छ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
प्रतिक्रिया