गोरखापत्र र राष्ट्रिय संवाद समितिलाई पनि एउटै छाताभित्र ल्याउने गरी ऐन बनाउनुपर्छ : सांसद केसी

काठमाडौं, २७ चेत । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले गोरखापत्र र राष्ट्रिय संवाद समितिलाई पनि एउटै छाताभित्र ल्याउने गरी ऐन बनाउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले रेडियो नेपाल र नेपाल टेलिभिजन मात्र नभई गोरखापत्र र राष्ट्रिय संवाद समितिलाई पनि एउटै छाताभित्र राख्नुपर्नेमा जोड दिए ।
उनले राष्ट्रको सञ्जित कोषबाट रकम व्यहोर्ने गरी तिनीहरूलाई निजी क्षेत्र र विश्वको प्रविधिसँग जुध्न सक्ने बनाउनुपर्ने बताए । अर्धस्वायत्त संस्थाका रूपमा बोर्ड बनाएर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ ।
अब स्तुतिगान गर्ने खालको सञ्चारमाध्यमको आवश्यक र औचित्य नभएको उनले बताए ।
क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot
प्रतिक्रिया