Techie IT
  • २४ मंसीर २०८०, आईतबार
Jhilko

अडियो प्रकरणबारे निर्णय लिन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरे ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट