Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

एमाले सांसद रघुजी पन्तद्वारा प्रधानमन्त्री ‘प्रचण्ड’ हराएको भन्दै संसद बैठकमा खोजिदिन माग


काठमाडौं, ३ वैशाख । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको सूचना बाचन गरिएको छ । नेकपा एमाले सांसद् रघुजी पन्तले प्रधानमन्त्री ‘प्रचण्ड’ हराएको भन्दै संसद बैठकमा खोजिदिन माग गरे।

पछिल्लो समय प्रधानमन्त्री ‘प्रचण्ड’ संसदमा आउनै छोडेपछि सांसद पन्तले कटाक्ष गरेका हुन्। उनले बाचन गरेको सूचना यस्तो छ :

नागरिकताको नाम : पुष्पकमल दाहाल  ‘प्रचण्ड’

चलन चल्तीको नाम : प्रचण्ड

स्थायी ठेगाना : फेरिरहने

अस्थायी ठेगाना : कहिले बालुवाटार कहिले खुमलटार

हुलिया : पहिले पहिले कोटपाइन्ट, हाल दौरासुरुवाल

उमेर : ६५ वर्ष नाघेको, ७० नपुगेको जस्तो देखिने

उहाँ केही दिनअघि प्रतिनिधि सभामा झुलुक्क देखिएपनि हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले प्रतिनिधि सभा भवन नयाँ बानेश्वर बुझाइदिनुहोला ।

उहाँ अन्तिम पटक देखिएको स्थान : बालुवाटाराको छेउछाउ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट