Techie IT
  • २२ मंसीर २०८०, शुक्रबार
Jhilko

ओलीलाई भेट्न प्रचण्ड र देउवा बालकोट जाने


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जान लागेका छन् । दुई नेता मिलेर सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेका हुन् । अस्वस्थ भई बालकोटमै आराम गरिरहेका ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुई नेता बालकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले ओलीको स्वास्थ्यमा समस्या भएकाले संबैधानिक परिषद् सम्बन्धी र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल केही दिनयता अवरुद्ध हुँदै आएको जनाएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट