बालकोट बैठक : संवैधानिक परिषद्को बैठक राख्ने सहमति

काठमाडौं, ४ वैशाख । तीन दलका शीर्ष नेताले प्रधानन्यायाधीशको नियुक्तिको विषयमा छलफल गरेका छन्। सोमबार बिहान बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच संवैधानिक परिषद्को बैठक राख्ने सहमति गरेका हुन्।
नेपाली कांग्रेसको प्रमुख सचेतकरमेश लेखकले आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीशको नियुक्ति, संवैधानिक परिषद्को बैठक राख्न प्रस्ताव राखेपछि तीन शीर्ष नेताबीच छलफल भएको जानकारी दिए। उनले सर्वोच्च अदालतमा कावा प्रधानन्याधीश भएकाले यो स्थिति हुन नहुने भन्दै पहल अगाडि बढाएको बताए। संवैधानिक परिषद्को बैठक राख्न प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावमा ओलीले सकात्मक लिएको उनले बताए।
उनले केही दिनमा नै बैठक बस्ने बताए। कांग्रेस–माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा छ।
लेखकले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) लगायतका विधेयक पनि छलफल भएको बताए। उनले थप छलफल फेरि बसेर गर्ने र अगाडि बढाउने सहमति भएको बताए।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
प्रतिक्रिया