राष्ट्रियसभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित

काठमाडौं, ५ वैशाख । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको हो।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले जनाएको छ।
क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #rastriya sabha, #samsad
प्रतिक्रिया