संसद् अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच छलफल

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा राष्ट्रियसभा अध्यक्षले रूसको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणकाबारे जानकारी गराएका थिए । यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda
प्रतिक्रिया