Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

केपी ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहको जवाफः हिमानीले समाजिक सञ्जाल चलाउँदिनन्


काठमाडौं, १५ वेशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल नचलाउने बताएको छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमानीको फेक अकाउन्टलाई उद्धृत गर्दै बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए। बुधबार झापा पुगेका ओलीलाई कोशी नामकरणविरूद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले कालो झन्डा देखाएका थिए भने एक ठाउँमा उनी सहभागी भएको कार्यक्रममा ढुंगामुढासमेत भएको थियो।

हिमानीको उक्त फेक अकाउन्टले ढुंगामुढा भएको भिडिओ राख्दै ओलीलाई ठिक भएको लेखेको थियो। त्यसैको हवाला दिँदै ओलीले छोरा–बुहारीलाई अगाडि सारेर पूर्वराजा ज्ञानेन्द्रले फुरफुर गरेको बताएका थिए। ‘हामीले धेरै हिसाब–किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब–किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो। पूर्वराजा शाहको सचिवालयले यसअघि नै राजपरिवारका सदस्यले सामाजिक सञ्जाल नचलाउने स्पष्ट पारिसकेको दोहोर्‍याएको छ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीका नाममा फेसबुक र ट्विटरमा विभिन्न फेक अकाउन्टहरू सक्रिय छन्।

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट