Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

हाम्रा अध्यक्षमाथि आक्रमण गरिए सरकारले महँगो मूल्य चुकाउनुपर्छः विष्णु पौडेल


काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका आक्रमणका प्रयासको निन्दा गरेका छन्। शुक्रबार संसदमा बैठकमा बोल्दै उनले अध्यक्ष ओलीमाथि अहिले पनि आक्रमणको तयारी भइरहेको दाबी गरे।

उपाध्यक्ष पौडेलले तेह्रथुम र ताप्लेजुङमा आक्रमणको तयारी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘खबरदार सरकार, हाम्रा श्रदय अध्यक्षमाथि आक्रमण गरिए सरकारले महँगो मूल्य चुकाउनुपर्छ। हामीले सुनेका छौं, तेह्रथुम र ताप्लेजुङमा अपराधिक घटना हुनेवाला छ। कुनै अप्रिय घटना नघटोस्। सरकारको ध्यानाकर्षण गराएँ,’ उनले भने।

उनले सरकारले जनतालाई शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाए। उनले गृहमन्त्रीको प्रवचनले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताए।

‘गृहमन्त्रीले दिएको जानकारीले पुगेन। हामीलाई उहाँको प्रवचन होइन। शान्ति सुरक्षा चाहिएको हो। यसबारे प्रधानमन्त्री आएर सदनमा भन्नुपर्‍यो। देशमा शान्ति सुरक्षा कायम गर्न सक्छ कि सक्दैन ? जनतालाई सुरक्षा प्रदान गर्न सक्छ कि सक्दैन ?’ उनले प्रश्न गरे।

उनले देशमा अपराधिक गतिविधि बढिरहेका बेला सरकारले गर्न खोजेको के भन्दै प्रश्न गरे।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #bishnu paudel, #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट