Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा सत्ताको चरम दुरुपयोगः लिङ्देन


काठमाडौं, १५ वैशाख । राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद सांसद् राजेन्द्र लिङदेनले राज्य शक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले अर्थतन्त्रले देश थला परिरहेको बेला अयोग्य लडाकुलाई रकम वितरण तथा राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा सत्ता दुरुपयोगको चरम दुरुपयोग भएको बताए।

उनले अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्ने समेत बताए ।

लिङदेनले भने,‘निर्माण व्यवसायीलाई ८० अर्ब भुक्तानी गर्न बाँकी छ । राजस्वले चालु खर्च समेत धान्न सकेको छैन । यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा र अयोग्य लडाकुलाई रकम बाँड्नु सत्ताको दुरुपयोग हो । ’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट