Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

गोकुल बाँस्कोटाको प्रश्नः काँक्रो आफू खाने अनि बियाँ अरुको गालामा दल्ने ?


काठमाडौं, १५ वैशाख । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले आफ्नो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको हत्या गर्न खोजिएको हो? भनेर प्रश्न गरेका छन्। शुक्रबार संसद बैठकको विशेष समयमा बोल्दै उनले केही दिनअघि झापामा ओलीमाथि आक्रमणको प्रयास गरिएको भन्दै सरकारले रोक्न नसकेको आरोप लगाए।

‘गृह मन्त्रीले घटना हुँदैछ भन्ने थाहा हुँदाहुँदै रोक्न सक्नुभएन उहाँले जवाफ दिएर हुँदैन।’ उनले भने, ‘अब प्रधानमन्त्रीले नै संसदमा आएर जवाफ दिनुपर्छ।’ माओवादीले पहिलो जातका राज्य बाँड्दा अहिले समस्या आएको भन्दै उनले अहिले आफ्नै कार्यकर्ता सम्हाल्न नसकेको टिप्पणी गरे।

कोशी प्रदेश नाम राख्न माओवादीले नै प्रस्ताव पेश गरेर पछि फेरि जातका नाममा कार्यकर्ता उराल्ने काम गरेको उनले आरोप लगाए। ‘कोशी प्रदेश पास गर्दा माओवादीको प्रस्ताव थिएन ? संसदीय दलले समर्थन गरेको थिएन ? अनि अर्को पार्टीलाई दोष थुपार्ने ?’ उनले भने, ‘कांक्रो आफू चोर्ने अनि बियाँ अरूका गालामा दल्ने काम नगरौँ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट