Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

उपेन्द्र यादवले सांसद पदको शपथ लिए


काठमाडौं, १९ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ लिएका छन्।

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट विजयी उनलाई सभामुख देवराज घिमिरेले मंगलबार सिंहदरबारमा सांसद पदको शपथ दिलाएका हुन्।

चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित रवि लामिछाने र डा। स्वर्णिम वाग्लेले यसअघि वैशाख १५ गते नै शपथ लिइसकेका छन्। यादव यसअघि गत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को प्रतिस्पर्धामा जनमत पार्टीका अध्ययक्ष डा. सीके राउतसँग पराजित भएका थिए।

तर मंसि ४ मै बारा २ बाट जसपाबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि उपेन्द्र बारामा सरेका थिए। उनले त्यहाँ जनमतका शिवचन्द्र कुशवाहालाई ५ हजारबढी मतले पराजित गरेर सांसद यात्रा तय गरेका हुन्।


क्याटेगोरी : राजनीति, संसद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट