Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

रवि र देउवाबीच भेटवार्ता


काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि रास्वपा सभापति लामिछानेलाई भेटेका हुन्। सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ।

आज (बुधबार) बस्ने सत्ता गठबन्धनको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारेपनि छलफल हुँदैछ। तर सत्तारुढ दलहरु गृह मन्त्रालय नदिएरै सरकारमा ल्याउन चाहन्छन् भने रास्वपा गृह मन्त्रालय लिएर मात्र सरकारमा जाने बताउँदै आएको छ।

रास्वपाले विगतमा लिएका मन्त्रालयहरु दिनुपर्ने, मन्त्रालयको काममा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनुपर्ने,संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्नुपर्ने र सरकारको निरन्तरताको सुनिश्चितता हुनुपर्ने शर्त अघि सारेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट