Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

टोपबहादुरलाई पक्राउ पुर्जी काटिएपछि केपी ओलीलाई छटपटी, दुई पटक भेटे प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौं, २३ वैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा आफ्नै पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी तानिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकै आलोचना गर्ने र आक्कलझुक्कल मात्रै भेटवार्ता गर्ने ओलीले पछिल्लो तीन दिनमा दुई पटक प्रधानमन्त्रीलाई भेटेका छन् ।

अस्ति सिंहदरबारमा प्रचण्डलाई भेटेर रायमाझीलाई फसाउन खोजिएमा सैह्य नहुने चेतावनी दिएका ओलीले आज पनि प्रचण्डलाई भेटेका छन् । आज प्रधानमन्त्री कार्यालयमा भएको दुई नेताबीचको भेटघाट डेढ घण्टा चलेको थियो ।

आजको भेटघाट पनि टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको विषयमा केन्द्रित थियो । भेटपछि एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको दाबी गरेका छन् । तपाईँले अभियुक्त टोपबहादुर रायमाझीलाई बचाउन खोज्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले तपाईँहरुलाई त्यस्तो कुरा विश्वास लाग्यो ? भनेर उल्टै प्रतिप्रश्न गरेका हुन्। उनले केही मान्छेले आफूमाथि गलत आरोप लगाइरहेको भन्दै असन्तुष्टि पनि पोखेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि एमालेका सचिव समेत रहनुभएका टोपबहादुर रायमाझी फरार रहेको प्रहरीको भनाइ छ । निकै खोजी गरे पनि रायमाझीलाई भेटाउन नसकेको प्रहरीको दाबी छ ।

यो घटनामा सरकारका सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ लगायत पक्राउ परिसकेका छन् ।

घटनामा २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी अहिलेसम्म एक सय ६ जनाले २० वटा जाहेरी दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट