Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

पार्टीभित्र चुप लागेर नबस्ने गगन थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अत्ति भएको भन्दै अब चुप लागेर नबस्ने बताएका छन्।

आज सामाजिक सञ्जालमा स्टाटस लेखेर महामन्त्री थापाले पार्टीभित्र एकलौटी बढ्दै गएको र विधि तथा प्रक्रिया मिचिएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले विभिन्न विषयमा पार्टीको प्रक्रिया र पद्धतिहरु चित्त नबुझे पनि आजसम्म आफू चुप लागेर बसेको तर अब नसहने बताएका हुन् ।

आजसम्म पार्टीका निर्णयहरु मन नपर्दा पनि आफ्नो जिम्मेवारी र सीमा सम्झेर मौन रहेको भन्दै अब भने चुप नलाग्ने थापाको भनाइ छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #gagan thapa

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट