Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्छः प्रधानमन्त्री


काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन दरबार हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनका विषयमा प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्ने बताए ।

“गौर हत्याकाण्ड मात्र होइन, देशको ठूलो र डरलाग्दो दरबार हत्याकाण्ड पनि छानबिन हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “मैले ०४८ सालयताका भ्रष्टाचार छानबिन गर्ने भनेको छु । कसैलाई पनि उन्मुक्ति हुँदैन ।”


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट