Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धी संशोधन गर्ने अध्यादेश स्वीकृत


काठमाडौं, ५ जेठ । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

विधेयक फिर्ता

सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसद्‍बाट फिर्ता लिएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए ।

सो प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #breaking, #rastriya sabha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट