Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

विद्युतीय सवारी साधन दर्ता प्रक्रिया फेरि अड्काउने काम भयोः गगन थापा


काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन दर्ता गर्ने प्रक्रिया शुरू भए पनि फेरि अड्काउने काम भएको बताएका छन् ।

आइतवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले पहिले कानुनले अड्काउने र कानुन बनेपछि ‘किन ढिलो दर्ता गरिस् जरिवाना तिनुपर्छ’ भनेर सरकारको कमजोरीको भारी उद्योगी र उपभोक्तालाई भिराइएको आरोप लगाएका हुन् ।

स्वदेशी उत्पादन किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि जोडिएकोले सरकारले आफ्नै नीतिको लाज ढाक्नुपर्ने उनको भनाइ छ । असल नियतले व्यवसायी उत्पादनमा जोडिन खोज्दा सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए ।


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #gagan thapa, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट