Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

गोकुल बाँस्कोटा संसदमा छक्क परे !


काठमाडौंं, ९ जेठ । नेकपा एमाले सांसद गोकुल बास्कोटाले एमाले लोकतन्त्रको विश्वविद्यालय भएको र त्यसको भिसि, आर्किटेक्चर, प्रोफेसर, डाक्टर, इन्जिनियर सबै केपी ओली भएको बताएका छन् ।

मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अघिल्ला वक्ताहरूले केपी ओलीलाई हेडमास्टर भएको भन्दै उनी आक्रोशीत भए । ‘हेडमास्टर भन्नुभयो । हामी आक्रोशीत छैनौँ,’ उनले भने, ‘नेकपा एमाले लोकतन्त्रको राष्ट्रिय स्वाधिनताको, सामाजिको न्यायसहितको परिवर्तनको पुर्नजागरण र राष्ट्रिय आत्मविश्वसको विश्वविद्यालय हो । त्यसैले तपाईँहरूले दिएको उपाधिले पुग्दैन । हामीलाई केपी ओली यो विश्वविद्यायलको भिसि, आर्किटेक्चर, प्रोफेसर, डाक्टर, इन्जिनियर सबै हो । तपाईँहरूले कम्तिमा सिक्न पाउनुभयो । म बधाईँ भन्न चाहान्छु ।’

उनले इन्फमेरन, रिफरमेसन र ट्रान्सफरमेसनको सामाजिक विकासको मान्यतालाई नेताहरूले ग्रहण गर्नुपर्ने समेत बताए । सरकार नीति तथा कार्यक्रम छलफल गर्न भन्दा आफ्ना कमजोरी लुकाउन लागेको उनको आरोप छ ।

‘मलाई लाग्या थियो यो नीति र कार्यक्रम सरकारले छलफल गर्न लिएर आएको हो,’ उनले भने, ‘त्यहाँ वाद प्रतिवाद संवादका गुञ्जाइज रहलान् र सत्ता पक्षले सुन्ने धैर्यता राख्छ भन्ने बुझाइ थियो । तर हिजो अस्तिका कुरा सुन्दा सत्ता पक्ष अफ्नो कमजोरी लुकाउनका लागि प्रतिपक्षको तेजोबोध गर्ने र तिब्र प्रतिवादमा उत्रिने उल्टो बाटोमा हिडेको छ । म छक्क परेको छु ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #gokul baskota, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट