Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

नवनियुक्त दुई मन्त्रीले लिए शपथ


काठमाडौं, १० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा वातावरण मन्त्री महतो र शिक्षा राज्यमन्त्री प्रमीलाले शपथ लिएका हुन् ।

महतोले वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसैगरी, प्रमीलाले शिक्षा राज्यमन्त्रीको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पद तथा गोपनीयताको शपथ लिए ।

महतो र प्रमीला जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट मन्त्री नियुक्त भएका हुन् । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट