Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत


काठमाण्डौं, १२ जेठ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

कांग्रेसमा महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले झन्डै डेढ वर्षपछि विभाग गठन सुरु गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #congress

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट