Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

‘संसदीय छानविन समितिको गठन गरौं, त्यो सुन कसले खायो ?’


काठमाडौं, १२ जेठ । माओवादी केन्द्रका नेता एवं सांसद् राजन दाहालले पशुपतिको जलहरीबारे संसदीय छानविन गर्नुपर्ने बताएका छन्। सांसद् दाहालले गत बुधबार संसद् बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि एमालेले संसद् अवरोध गरेको छ।

एमालेले यही विषयलाई लिएर शुक्रबार संसद् अवरोध गरेपछि पत्रकारहरूसँग कुरा गर्दै दाहालले ओली नेतृत्वको सरकारमा थुप्रै भ्रष्टाचारका काण्ड भएको भन्दै पशुपतिको जलहरीबारे संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए।

दाहालले भने, ‘मैले संसदीय मर्यादा उल्लघंन गरेको छैन। संसद्ले बोल्न पाउने अधिकारको प्रयोग गरेको हुँ। केपी शर्मा ओलीले बोल्ने क्रममा यो सरकार भ्रष्टाचारीको गठबन्धन हो भन्नुभयो। मैले तपाईँ तीन वर्षअघि फर्किनुस् भने। त्यहाँ भएका भ्रष्टाचार काण्डमध्ये पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको काण्ड पनि एक हो। ११ किलो कम सुन प्रयोग भएको पनि महालेखा परीक्षक प्रतिवेदनमा उल्लेख छ। तथ्यको आधारमा बोलेको हुँ,’ दाहालले भने, ‘संसदीय छानविन समितिको गठन गरौं। त्यो सुन कसले खायो ? व्यक्तिगत हिसाबले मैले केपी ओलीको नाम लिएको थिएन।’

के हो पशुपतिनाथको सुनको जलहरी काण्ड ?


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट