Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


काठमाडौं, १४ जेठ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ।

आइतबार बिहान १० का लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ।

बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने बताएको छ। दुवै विषयमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन्। मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट