Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

नेपाली क्रिकेट टोलीलाई उचित सम्मान गर्ने प्रतिबद्धतासहित प्रधानमन्त्री प्रचण्डले दिए बधाई


काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

शनिबार एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकामा उनले नेपाली टोलीलाई बधाई दिएका हुन् । उनले टोलीलाई सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

“एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हार्दिक बधाई व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर ह्यान्डलमा लेखिएको छ ।


क्याटेगोरी : खेलकुद, राजनीति
ट्याग : #breaking, #cricket, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट