Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

चर्च ब्वाइज युनाइटेडसँग मनाङ मर्स्याङ्दी पराजित


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ ।

एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो ।

यस्तै खराब मौसमका कारण हिजो शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल आज १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यस्तै जावलाखेल र सङ्कटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट