Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

लगातार ६ खेलकाे हारपछि मनाङकाे पहिलाे जित


काठमाण्डाै ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दीले लगातार ६ खेलकाे हारपछि पहिलाे जित निकालेकाे छ ।

दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गाेलले हराउँदै मनाङले हारकाे शृङ्खला ताेडेकाे हाे । मनाङका लागि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा तिमोठी  कुडोले गोल गरे ।

याे जितसँगै मनाङ १४ खेलमा १८ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । आर्मी उति नै खेलमा २० अङ्कसहित पाँचाैँ स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट