Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

ए डिभिजन लिग : सङ्कटा क्लबलाई नेपाल पुलिस क्लबले हरायो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई हराएको छ ।

आज शुक्रवार दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले हरायो । पुलिसका लागि माजेस ग्याबा र मोहमद आशिकले गोल गरे । सङ्कटाका निशान खड्काले १ गोल फर्काए ।

यो जितसँगै पुलिस तालिकाको ११ औँ स्थानमा उक्लिँदै ुरेलिगेशन जोनु छोडेको छ । पुलिसको १७ खेलमा १९ अङ्क छ । सङ्कटा उति नै खेलमा २० अङ्कसहित दशौँ स्थानमा छ ।

यस्तै आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । मनाङका लागि निराजन धामी र हिमालयनका लागि अबायानी फकुल्नीले गोल गरे ।

यो बराबरीसँगै मनाङ १७ खेलमा २१ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । हिमालयन उति नै खेलमा २१ अङ्कसहित नवौँ स्थानमा छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट