Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि


काठमाडौं ।  कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ ।

गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो ।

इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जित्न सफल भयो ।

फियोरेन्टिनासँगको फाइनल खेलमा इन्टरले एक गोलको अग्रतालाई उल्टाएर जित निकाल्यो ।

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गरी फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर इन्टरका लाउटरो मार्टिनेजले खेलको २९ औँ र ३७ औँ मिनेटमा गोल गरे ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट