Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

पुलिसले पुछारको खुमलटारलाई हरायो


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले खुमलटारलाई २–० गोलले हरायो । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गोल गरे ।

यो जितसँगै पुलिस छैटौँ स्थानमा उक्लिएको छ । पुलिसको २१ खेलमा २८ अङ्क छ । खुमलटार उति नै खेलमा २१ अङ्कसहित तालिकाको पुछारमा छ । खुमलटार ुरेलिगेशन जोनु मा कायमै छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली ‘रेलिगेशन जोन’ मा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट