Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

नेपाली सेनाका दस जनाले गरे सगरमाथाको सफल आरोहण


काठमाडौं, १० जेठ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीका १० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगुसहितको टोली आइतबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरूसँगै टोलीमा सहभागी ओङ्‍छु शेर्पा लगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।

नेपाली सेनाको अगुवाइमा संचालन भइरहेको सफा हिमाल अभियानमा १० जनाको टोली संलग्न छ । यसअघि वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।

गत चैत्र १४ गते जङ्गी अड्डामा आयोजित कार्यक्रममार्फत प्रधान सेनापति प्रभुराम शर्माले झन्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ भएको थियो । अभियान टोलीले अन्नपूर्ण र सगरमाथाबाट करिब ३५ हजार किलो फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ । जसअनुसार हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर सङ्कलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुने सेनाले जनाएको छ ।


क्याटेगोरी : पर्यटन
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट