शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुग्नु स्वागतयोग्य

यस वर्षको नयाँ शैक्षिक सत्र सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै देशैभर पाठ्यपुस्तक पुगिसकेका छन् । यसअघिका सरकारले शैक्षिक सत्र सुरु भएको तीन वा छ महिनासम्म पनि देशैभर पाठ्यक्रम पु¥याउन सकेको थिएन । देशका दुर्गम क्षेत्रका बालकालिकालाई पाठ्य सामाग्रीको अभावमा अध्ययन गर्न असहज हुँदै आएको थियो ।
अहिलेको प्रविधिको युगमा पुस्तकबिना पनि अध्ययन गर्न सकिन्छ । तर सबै भूगोलका नागरिक तथा बालबालिकाको पहुँचमा प्रविधि सहज रुपमा पुग्न सकेको छैन । हाम्रो सम्दर्भमा प्रविधि निकै खर्चिलो पनि छ । नेपालको संविधानले शिक्षालाई मौलिक हकमा राख्दै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क व्यस्था गरेको हुनाले यही संवैधानीक व्यवस्थालाई सरकारको प्रभावकारी रुपमा कार्यान्वयन गरेको हो ।
अघिल्ला सरकारहरुले संविधानको कार्यावयन गरेर बिधिको शासनमार्फत देश सञ्चालन गर्न सकेका थिएनन् । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड स्वयम् यसअघि दुई पटक प्रधानमन्त्री भइसक्दा पनि शिक्षा क्षेत्रमा हुने गरेका बिकृति अन्त्य गर्न सकेका थिएनन् । तर यस पटक भने उनले निकै ठूलो मेहनत गरेको उनका भाषणमार्फत होइन, काम गराईबाटै देखिँदै आएको छ । त्यसको उदाहरण हो शैक्षिक सत्र सुरु हुन केही दिन बाँकी छँदै देशका सबै क्षेत्र (विशेषतः बिकट पहाडि क्षेत्र) मा पाठ्यपुस्तक पुर्याउनु ।
विद्यार्थीमा पठ्यपुस्तकको ठूलो महत्व हुन्छ । पढिरहेको कक्षाबाट उक्लिएर माथिल्लो कक्षामा जाने विद्यार्थी हुन् वा भर्खरै विद्यालय जान थालेका शिशु कक्षाका विद्यार्थी हुन, सबैलाई पुस्तक हुनु अनिवार्य छ । त्यसमा पनि नयाँ पुस्तक हात पर्नु त झन खुशीको क्षण नै हुन्छ । नयाँ पुस्तकका नयाँ पाठ, नयाँ चित्र र छुट्टै प्रकारको बास्नाले विद्यार्थीहरुमा पुस्तकप्रतिको मोह बढाउँछ । यसले विद्यार्थीहरुको मनोविज्ञानमा पनि ठूलो प्रभाव पार्छ ।
विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । तर यस पटक भने सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले गत आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र (जशिका) ले छापेका छन् । विगतमा प्रायः जशिकाले नै पाठय्पुस्तक छपाइ र वितरणको जिम्मा लिएको थियो । अधिकार च्याप्ने तर समयमा पर्याप्त पुस्तक छाप्न र वितरण गर्न नसक्ने अवस्था जशिकाको थियो । यस्तो अवस्थाको व्यापक आलोचनापछि निर्धारित पाठ्यपुस्तक छपाइ कार्य विकेन्द्रित गरियो । फलतः यस पटक सुगममा भन्दा दुर्गममा पहिला पाठ्यपुस्तक पुगे । जशिकाका अनुसार तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु¥याइ सकिने छ ।
पाठ्यपुस्तकको आधारमा विद्यार्थीहरुले खोज तथा अुनसन्धान गर्न सक्छन् । पाठ्यपुस्तककै आधारमा विद्यार्थीहरुले विद्यालयमा पढेको र सिकेको पाठ घरमा दोहो¥याउन र गृहकार्य सजिलै गर्न सक्छन् । त्यसैले विद्यालय तहमा पाठ्यपुस्तक समयमै उपलब्ध गराउनु सरकारको दायित्व हो । विद्यार्थीहरुका लागि पुस्तकनै साथी हो, शिक्षक हो र अभिभावक पनि हो । पुस्तकनै भविष्यका राष्ट्र निर्माता जन्माउने जननी हो । त्यसैले सरकारले आगामी वर्षहरुमा पनि बेलैमा पाठ्यपुस्तक छापेर देशका सबै स्थानका विद्यार्थीहरुका हातहातमा पु¥याउन सक्नुपर्छ । अनि मात्र संविधानमा लेखिएको शिक्षाको मौलिक हक कार्यान्वयन हुन्छ ।
क्याटेगोरी : बिचार
ट्याग : #hot
प्रतिक्रिया