डब्लुएचओले कोभिडको उत्पत्तिसम्बन्धी दाबीको प्रमाण अमेरिकासँग माग्यो

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अमेरिकालाई कोभिडको उत्पत्तिसम्बन्धी दाबीको प्रमाण दिन आग्रह गरेको छ ।
डब्लुएचओले कोभिड सुरु भएदेखि अमेरिकालगायत अन्य जुन सुकै देशसँग तिनका गुप्तचरहरूको जानकारी भए सार्वजनिक गर्न आग्रह गरेको हो ।
अमेरिकाले चिनियाँ प्रयोगशालाबाट कोभिडको भाइरस निस्केको दाबी गरेको छ ।
डब्लुएचओका निर्देशक टेडरोस अधानोम गेब्रेयससले वैश्विक स्वास्थ्य संकटका बारेमा शुक्रबार जानकारी दिने बेला यस्तो बताए ।
उनले भने “ कुनै पनि देशसँग वैश्विक महामारी कोभिडको उत्पत्तिबारे कुनै जानकारी भए त्यो डब्लुएचओ र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायसँग साझा गर्नुपर्ने आवश्यक छ । ”
डब्लुएचओका सरोकारवाला अधिकारीले यसबारे स्विट्जरल्यान्डस्थित अमेरिकी दूतावाससँग दाबी गरिए अनुसारको प्रमाण साझा गर्ने विषयमा सम्पर्क गरी आग्रह गरेका छन् ।
अमेरिकी गुप्तचरसंस्था एफबीआईका निर्देशक क्रिस्टोफर रेले फक्स न्युजसँग चिनियाँ प्रयोगशालाबाट कोभिड भाइरस निस्केको दाबी गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान, स्वास्थ्य
ट्याग : #breaking
प्रतिक्रिया