Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

समाजवादी मोर्चासँग कोही तर्सिनु पर्दैनः उपेन्द्र यादव


काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग कसैलाई नतर्सिन आग्रह गरेका छन् । काठमाडौंमा आज आयोजित चार दलको समाजवादी मोर्चा घोषणा सभामा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष यादवले भने, “निश्चित उद्देश्यका लागि निर्माण गरिएको मोर्चा हो । यसलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढने कुरामा म ढुक्क छु ।”

परिवर्तन, राष्ट्र निर्माणको मुद्दालाई अगाडि बढाउने भन्नुहुँदै मोर्चा कसैको विरुद्वमा लक्षित नभएको यादवको भनाइ छ । उनले भने, “नागरिकताबाट आफ्नै देशमा नागरिकका सन्तानहरु वञ्चित छन् । आफ्नै देशका नागरिकका सन्तानलाई नागरिकताबाट वञ्चित गराउने देश नेपाल बनेको छ ।” जनतालाई अनागरिक बनाउने कार्यको जनताबाटै विरोध भएको उनको भनाइ छ ।

यस्ता छन् समाजवादी मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धता, मोर्चाको नेतृत्व आलोपालो


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट