Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

काँग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्न समाजवादी मोर्चा बनेको होइनः माधव नेपाल


काठमाडौं, ४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताएका छन् । आज मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

काँग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको होइन नेता नेपालले भने, “प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने छ ।” मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको उनले प्रष्ट पारे। प्रतिगमनका पक्षमा नभएकाहरु मोर्चासँग डराउन सक्ने उनले जिकिर गरे ।

अध्यक्ष नेपालले भने, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन । सिद्धान्तहिन मोर्चा पनि होइन । यो मोर्चा विचारहिन मोर्चा होइन । यसको प्रष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने मोर्चा हो ।”

सम्पूर्ण देशभक्त र समाजवादी शक्तिलाई हामी एकतावद्ध बनाएर लैजान चाहन्छौं अध्यक्ष नेपालले थपे, “हामी प्रष्ट के हुनुपर्छ भने हामी देशभक्त शक्तिलाई हातेमालो गर्दै अघि बढ्छौं ।” हामी परिवर्तनकामी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उनले बताए । “हामी सबै शक्तिहरु, जो नेपाललाई समाजवादतर्फ लैजान चाहन्छन । समाजवादी नेपालको निर्माण गर्न चाहन्छन् । उनीहरुलाई सँगसँगै हातेमालो गर्दै अघि बढाएर लैजान चाहन्छौं । हामीमा कुनै किसिमको संकीर्णता छैन ।”

सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गर्न नयाँ मोर्चा बनेको उनले दावी गरे । समाजवाद निर्माणको वातावरण तयार गर्न, सुशासनलाई सुनिश्चित गर्न, समाजमा भएका, राजनीतिमा भएका जति पनि विकृति, विसंगतिहरु छन्, त्यसलाई अन्त्य गर्न हामी एकतावद्ध भएर अघि बढन चाहेको उनले प्रष्ट पारे ।

अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आवद्ध हुन पनि आह्वान गरे । उनले देशभक्त र क्रान्तिकारी शक्तिसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत उनले बताए। उनले भने ‘हामो मुकाविला जहिले पनि प्रतिगामी कदमविरुद्धमा हुनेछ । हाम्रो साथ अग्रगमनको पक्षमा हुनेछ ।”

यस्ता छन् समाजवादी मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धता, मोर्चाको नेतृत्व आलोपालो


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट