Techie IT
  • ३१ वैशाख २०८१, सोमबार
Jhilko

समाजवादी मोर्चाका ‘योजनाकार’ नै छुटे


काठमाडौं, ४ असार । अहिले काठमाडौंको सभागृहमा समाजवादी मोर्चा घोषणाको कार्यक्रम हुँदैछ । समाजवादी मोर्चा बनाउनुपर्ने बहसको थालनी नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले सुरु गरेको भएपनि उनी यो मोर्चामा अटाउन सकेनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको टकराव पछि भट्टराईले नयाँ पार्टी बनाएर समाजवादी मोर्चाका लागि प्रचण्ड, माधव नेपाल लगायतका नेतासँग वार्ता गरेका थिए। बाबुराम माओवादी केन्द्रमै समाहित हुने चर्चा पनि त्यसपछि चलेको थियो। तर अहिले भने समाजवादी मोर्चामा उपेन्द्रको इन्ट्रीले भट्टराईलाई अप्ठेरो परेको हो।

‘बाबुरामलाई उपेन्द्रका कारण आउन अप्ठेरो भएको होला। उनीहरुका बिचमा मिलेन,’ एकीकृत समाजवादीका उपमहासचिव बिरोध खतिवडा बताउँछन् ।मोर्चामा सहभागी नभए पनि भट्टराईले प्रचण्डलाई भेटेर मोर्चाका बारेमा छलफल भने गरेका थिए।

‘समाजवादी मोर्चा निर्माण गर्न। विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी,’ प्रचण्डसँगको छलफलपछि बाबुरामले शुक्रवार ट्वीटमा भनेका थिए।

यसरी भएको थियो ‘समाजवादी मोर्चा’को तयारी

सरकारमा सहभागि दलहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएपछि आगामी सत्ता समिकरण कसरी अघि बढ्ला भन्ने राजनीतिक बृत्तमा चसो बढेको छ ।

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीलाई पनि सहभागी गराउने नेताहरुको प्रयास बिफल भएको छ । उनलाई समाजवादी मोर्चामा जानबाट रोक्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्मर कसेर लागेका थिए ।

दलहरूले कार्यदल नै गठन गरेर दस्ताबेजको मस्यौदा तयार पारेका हुन् । माओवादीका कृष्णबहादुर महरा, एकीकृत समाजवादीका प्रवेश हमाल र जसपाका राजेन्द्र श्रेष्ठले मोर्चाको अवधारणा दस्ताबेजलाई अन्तिम रूप दिएका हुन् ।

भविष्यमा पार्टी एकताको लक्ष्यसहित संसद्का चार र बाहिरको एक राजनीतिक दल मिलेर समाजवादी मोर्चा गठन गरेका हुन् ।

समाजवादी मोर्चा बन्दा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति बन्न सक्छ । सरकारको स्थायित्व र गठन–विघटनमा मोर्चाविना जटिल समीकरण हुनेछ । माओवादीका ३१, जसपाका १२ र एकीकृत समाजवादीका १० जना सांसद छन् । कांग्रेसका ८९ र एमालेका ७९ सांसद छन् ।

मोर्चामार्फत तत्कालका लागि सत्ता सञ्चालनमा प्रभाव देखाउने र दीर्घकालीन रूपमा पार्टी एकतासम्मको लक्ष्य नेताहरूको छ ।

एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको एकता २३ फागुन ०७७ मा सर्वोच्चको फैसलाले भंग भएदेखि नै समाजवादी मोर्चाको पहल भएको थियो । त्यतिवेला तत्कालीन एमालेको माधव नेपाल समूह र जसपाका तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहसहित मोर्चा बनाउने तयारी भएको थियो । तर, सफल नभएपछि नेपालको नेतृत्वमा एकीकृत समाजवादी र भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो ।

यसरी भएको थियो ‘समाजवादी मोर्चा’को तयारी

 


क्याटेगोरी : राजनीति
ट्याग : #samajbadi

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट