Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

बाढी पहिरोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु, २९ जना बेपत्ता


काठमाडौं । अविरल वर्षाका कारण जेठ ३१ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परेर आज सोमवार दिउँसोसम्म छ जनाको मृत्यु भएको । बाढी र पहिरोमा परेर सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी छ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा पाँच जना पुरुष र एक जना बालिका रहेका छन् ।

बाढी र पहिरोमा परेर सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी छ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी र पहिरोमा परेर सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँच गरी २९ जना बेपत्ता अझै बेपत्ता रहेको र बेपत्ताको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

अहिलेसम्म बाढी र पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपाया मरेका छन् । यस अवधिमा विपद्का घटनाबाट ९७ परिवार विस्थापित भएका छन् । साथै बाढी र पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राख्ने, बाटोको अवरोध हटाउनेलगायतका काम भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बाढी-पहिरो

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट