Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाग्मतीका मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिँदै


हेटौँडा ।बाग्मतीका मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिने भएका छन् । केन्द्रीय सत्ता समीकरण फेरवदलको प्रत्यक्ष असर प्रदेश सरकारमा देखिएपछि बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले दोश्रो पटक विश्वासको मत लिने भएका हुन् । प्रदेशसभाका दु्ई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रो पटक विश्वासको मत दिँदै छन् ।

राष्ट्रपति निर्वाचनमा बनेको समीकरणको प्रभाव बागमती प्रदेशमा पनि देखिएको हो । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन फेरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरी सकेको छ । सरकार बनाउँदा समर्थन जनाएको राप्रपा बाहिरिएपछि बागमती प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु पर्ने बाध्यता सिर्जना भएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ७ दिन (माघ ३ गते)मा नै प्रदेशसभाबाट विश्वामसको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वसको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् । कुल ११० सांसद मध्ये कांग्रेस ३६, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका थिए ।

चैत ८ गते विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेको तयारी छ । नेपालको संविद्यानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका उनले यसअघि माघ ३ गते विश्वासको मत लिएका थिए ।

 


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट