Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सँस्कृति, पहिचानको मुद्दाबाट किन पछि हट्यो माओवादी केन्द्र प्रदेश एकमा ?


बिराटनगर । सँस्कृति, पहिचान बोकेको प्रदेश राजधानी हुनुपर्छ भन्ने निरन्तरको मतबाट प्रदेश एकमा माओवादी केन्द्र पछि हटेको छ र नेपाली कांग्रेस र एमालेको ‘कोशी’ प्रदेशको प्रस्तावलाई समर्थन दिएको छ ।

यद्यपि माओवादी केन्द्र सँस्कृति झल्कने नाम राख्ने कुराबाट पछि नहटेको तर संसदको अहिलेको गणितलाई हेरेर एउटा निकास दिनैपर्ने बाध्यता बनेको माओवादी केन्द्रका एक नेताले बताए ।

माओवादी केन्द्रले प्रदेश एकमा सँस्कृति झल्कने गरी किरात, लिम्बुवान, कोचिला जस्ता सहमतिमा एकल नभए वहुसंस्कृति झल्कने नाम राख्न खोजेको हो तर एमाले, कांग्रेससहितका दलहरुले यसमा विरोध गर्दै आए । मतैक्यता नभएका कारण अघिल्लो प्रदेशसभा नामाकरण नगरी अन्त्य भयो ।

यसअघिको प्रदेशसभामा पनि यो मतका लागि माओवादी केन्द्रले लबिइङ ग¥यो तर यसको सुनुवाइ भएन । माओवादी केन्द्रले अडान लिइरहेको भए विगतको पुनरावृत्ति दोहोरिन सक्थ्यो ।

माओवादी केन्द्रले चाहेको नाममा अड्डी लिइरहँदा यसपटक पनि प्रदेशसभा बन्धक बन्ने र निकास नदिएर संघीयताको औचित्यताको बारेमा प्रश्न उठ्ने अवस्थामा एउटा तार्किक निश्कर्षमा नचाहँदा नचाहँदै पनि पुग्नु पर्ने अवस्था बनेको ती नेताले बताए ।

एकीकृत समाजवादी र जसपाले वहु पहिचान र भूगोल झल्कने किरात, लिम्बुवान, सगरमाथा नाम राख्ने प्रस्ताव गरेका छन् । यो सकारात्मक नै भएको माओवादी केन्द्रको बुझाइ छ । तर, त्यो मतमा माओवादी केन्द्र उभिदा पनि त्यो पारित नहुने भएपछि आफ्नो मतलाई सुरक्षित राखेर संघीयताको कार्यान्वयनका लागि एउटा निकास दिनैपर्ने निर्णयमा पुगेको माओवादी केन्द्रको भनाइ छ ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट