Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राहत र उद्धारको काम युद्धस्तरमा हुन्छः प्रधानमन्त्री


संखुवासभा, ४ असार । सोमबार सेनाको हेलिकप्टरबाट बाढीग्रस्त क्षेत्र आइपुगेका प्रधानमन्त्री दाहालले बाढी र पहिरोले संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले युद्धस्तरमा राहत र उद्धारको काम गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि बताए । उनले तत्कालै बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने र आवतजावत सहज बनाउने बताएका छन् । तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । प्रधानमन्त्री दाहालले उद्धार, राहतसागै बेपत्ता भएकाहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको उच्चस्तरीय टोली सङ्खुवासभामा


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #prachanda, #prime minister

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट