Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

‘डिजिटल करेन्सी’ जारी गर्ने तयारीमा नेपाल राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ। हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुछ्रे बैंक र प्याब्सन नेपालबिचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्नु पाउनुपर्नेमा जोड दिए।

उनका अनुसार हाल प्रतिमहिना औसतमा ४० अर्ब रुपैयाँको विद्युतीय कारोबार हुने गरेको छ। गत बैशाखमा क्यूआर कोडमार्फत ८६ लाख व्यक्तिले २६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको बताए। राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्षका रुपमा सञ्चालन गरिरहेको छ।

माछापुछ्रे बैंकका अध्यक्ष डा उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताए।

प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले आर्थिक कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताए।

सो अवसरमा प्याब्सन अध्यक्ष ढुङ्गाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाबिच वित्तीय तथा विद्युतीय साक्षरता अभियानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट