Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पहेँलो समय


देवीदत्त शर्मा

भूगोलमा लास, नदीहरूमा

लासैलास

अति भो राज्य र सम्राटको

पहेँलो पुराण।

जीवन नभएको भूगोल र

नदीको अस्तित्व के ?

जीवन नभएको निर्जीवनको

अर्थ के ?

निलो कोशी पहेँलो भएर

आएको छ

नग्न र छद्म, दुबै रूपमा

आएको छ।

काइयो हराएको छ कपाल

कोर्नेको

बैशाखी लुटिएको छ टेक्नेको

‘देश छैन तिम्रो’

भनिएको छ।

सप्तरङ्गमा पहेँलो मात्रै

नग्न र छद्म भएर आएको

समय हो यो ।


क्याटेगोरी : साहित्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट