Techie IT
  • ८ जेठ २०८१, मंगलबार
Jhilko

मिडिया साक्षरता: पत्रकार होइन, पठक सचेत बनौँ


‘मिडिया साक्षरता’ साक्षरताको एक विस्तारित अवधारणा हो । यसअन्तर्गत मिडिया सन्देशहरू पहुँच र विश्लेषण गर्ने क्षमताका साथै सिर्जना, प्रतिबिम्बित र कारबाही गर्ने क्षमता समावेश हुन्छ । यसमा संचारकर्मी भन्दा पनि पनि पाठक तथा जनतामा सञ्चारमाध्यमाबाट प्रकाशन तथा प्रसारण भएका सम्पादकीय, लेख, आलेख, आदिले विचार निर्माणको कस्तो भूमिका खेल्छ र एउटै सन्देशबाट बिभिन्न मानिसहरुमा कस्तो बुझाईको विकास हुन्छ र उनीहरुले के धारणा निर्माण गर्छन् भन्ने कुराको बोध हुन्छ ।

आमसञ्चारप्रति साक्षर हुनु भनेको समाचारकथा पनि वस्तुनिष्ठ नहुन सक्छ भन्ने तथ्यमा जागरुक हुनु हो । त्यस्तो समाचार पनि मत वा पूर्वाग्रह राखिएको, धारणासहितको, अपुरो र सत्यबाट टाढिएको हुन सक्छन् । त्यसैले मिडिया साक्षरता मिडियाका विषयवस्तु वा सन्देशलाई बुझ्ने, विश्लेषण गर्ने क्षमता हो । मिडिया सक्षरता अभियान २० औं शताब्दीको मध्यदेखि पश्चिमा देशबाट थालनी भएको हो । मडियामा प्रकाशन तथा प्रसारण भएका सबै सन्देशहरु आम पाठक, दर्शक तथा श्रोताले सहजै पत्याइहाल्दैनन्, विश्वास गरिहाल्दैनन् । उनीहरुले ती सामाग्रमाथि आफ्नै तरिकाले अर्थ लगाउँछन, विश्लेषण गर्छन् अनि मात्र बुझ्छन् । सञ्चारमाध्यमबाट आएका सन्देशहरु ग्रहण गर्ने क्षमतामा मानिसहरुको शैक्षिक, भौगोलिक, साँस्कृतिक, राजनीतिक आदि अवस्थाले पनि प्रभाव पार्ने तथा निर्धारण गर्ने गर्छ ।

नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोशेढुंगा साबित हने गरी विकास भइसकेको छैन । मिडियाले जे जस्तो सामाग्री वा सन्देश उत्पादन गरेपनि त्यसलाई अन्धाधुन्द पालना गर्ने क्रम भन्दा पनि सोच्ने, विश्लेषण गर्ने र विमर्श गर्ने क्रम भने बढेको छ । यस अर्थमा मिडिया साक्षरता बढेको अभास हुन्छ । मिडियाको सामाजिक उत्तरदायित्व समृद्धि र विकास खातिर वस्तुगत ढंगबाट प्रस्फुटन हुन आवश्यक छ । डिजिटल इन्टरनेट माध्यमका विकास र सूचना क्रान्तिले ल्याएको परिवर्तनलाई आत्मसात् गर्नु जरुरत भैसकेको छ ।

अहिले आमसञ्चारमाध्यम जीवनको अभिन्न अंग बनिसकेको छ । त्यसैले यसले सम्प्रेषण गरेका र उत्पादन गरेका सामग्री लेखाजोखा हुनु महत्वपूर्ण हुन्छ । मिडियाले मनोरञ्जनका नाममा सस्तो मानोरञ्जन, गलत प्रचार एवं प्रोपागण्डा पनि फैलाउन सक्ने कुरालाई बिभिन्न अनुसन्धानले पुष्टि गरेको छ । मिडियालाई दुरुपयोग गर्न सक्ने तथ्यलाई मनन गरेर नैं मिडिया साक्षरताको सन्दर्भ र यसको महत्वबारे आवाज उठ्ने गरेको हो ।

मिडिया साक्षरता श्रोताको शैक्षिकस्तर र बुझाइमा पनि भर पर्छ । मिडियाप्रति बढ्दै गएको भरोसाले मिडियाले पस्कने सूचना सामग्री माथिको विश्लेषणलाई प्रभावित तुल्याउँछ । मिडियाकर्मीले सन्देश वा सूचना सामग्री बनाएर मात्र हुँदैन सम्भावित अडियन्समा पार्ने प्रभावबारे पनि त्यत्तिकै मनन गर्नु जरुरी छ । अहिले मिडियाले दिएको भन्दा पनि कुन मिडियाले र कसले दिएको भनी विश्लेषण गर्ने क्षमता शिक्षित पाठक, दर्शक र श्रोतागणबाट प्रतिकृया वा प्रतिसन्देश पस्कने क्रम बढेर गएको छ । जति मात्रमा मिडिया साक्षरता बढ्छ उति नै मात्रामा मिडिया सन्देशलाई मूल्याङ्कन गर्ने क्रम पनि बढ्छ । मिडियाको परनिर्भरता सिद्धान्तले मिडिया अडियन्समा मिडियाले जे सन्देश प्रस्तुत गर्दछ त्यसमा पूर्णतया भर पर्दछ भन्ने मान्यता राखे पनि मिडिया दुरुपयोग हुने सक्ने खतराबाटै मिडिया साक्षरतको सन्दर्भ उठेको हो ।

जर्मनीका विश्वप्रसिद्ध दार्शनिक कार्ल माक्र्सले भनेका छन् मिडियामा लगानी गर्नेहरु धनी वर्गका हुन्छन् र उनीहरुले आफ्नो विचार, धारणा, दृष्टिकोण र आफ्नो उत्पादनको प्रचार प्रसार गरेर अरुका दिमागमा भरिदिने काम गर्छन् । मिडिया आवाज विहीनहरुको आवाज बनेर समाजसेवी कार्य गर्नुपर्नेमा हिजोआजका मिडिया सन्देशहरु नाफा कमाउने मनसायले वा शक्ति आर्जनका खातिर प्रयोग हुने गरेका छन् । मिडियामा पछिल्लो समय बिभिन्न नीहित स्वार्थ बोकेका व्यापारी, समूह, तथा राजनीतिक दलका नेता तथा गुटले मिडियामा लगानी गरेकाले उनीहरुका मिडियाले प्रदान गर्ने सन्देश हामीले कपर्छान गरेर बुझ्नु जरुरी हुन्छ । त्यसका लागि पनि आम जनता, पाठक, तथा दर्शकमा मिडिया साक्षरता जरुरत पर्छ ।

मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक, सामाजिक, पृष्ठभूमि, सास्ंकृतिक प्रभाव आदिमा पनि निर्भर हुन्छ । व्यक्तिको संचेतना, संज्ञान, धारणा, व्यवहार पनि यसमा कारक तत्व हुन्छ । मिडियाका विषयवस्तु पस्कने तरिकाले पनि प्रभाव स्तर मापनलाई प्रभावित लुल्याउँछ । त्यसैले सबै खाले मिडिया, चाहे छापा वा अनलाइन नै किन नहोस् उत्पादित विषयवस्तु कुन स्वार्थ समूहको रुचि र लक्ष्य खातिर प्रयोग हुन सक्छ त्यो मिडिया साक्षरता प्राप्त गर्ने जो कोहीले नजर अन्दाज गर्न सक्छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा मिडिया शिक्षा र मिडिया साक्षरतालाई उच्च शिक्षाको पठ्यक्रममै राखेर अध्ययन–अध्यापन गर्ने परिपाटीको विकास गर्नेतर्फ पाठ्यक्रम निर्माताहरुले पनि ध्यान दिन थालेकाले सयबाट भविष्यमा मिडिया साक्षरता बढ्ने उद्घोष गर्न सकिन्छ । मिडिया साक्षरताले समालोचनात्मक विचारलाई प्रोत्साहित गर्ने भएकाले कसरी सूचनालाई पुनः जाँच गर्ने र विभिन्न विचारहरुलाई चिन्ने भन्ने सिकाउँछ । त्यसैगरी यसले मिडियालाई जिम्मेवार बन्न सहयोग पु¥याउँछ । मिडिया साक्षरताले सार्वजनिक वा जनसरोकारका विषय र सन्दर्भहरुमा सहभागी बन्न अभिप्रेरित गर्दै कसरी मौलिक वा आफ्नोपनको सामग्री बनाउने भन्ने सिकाउँछ । त्यसैगरी मिडिया साक्षरताले पाठकलाई मिडियाले कसरी हाम्रो संस्कृतिमा आघात पु¥याउँछ भन्नेबारे सुसूचित गर्नुकासाथै मिडिया सन्देश कत्तिको समाजमैत्री छ भन्ने बताउँछ । यसले मिडियाको व्यक्तिगत र सामाजिक प्रभावका बारेमा सचेत तुल्याउँदै मिडिया सन्देशको विश्लेषण गर्न र छलफल गर्न सक्ने बनाउँछ ।

नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोशेढुंगा साबित हने गरी विकास भइसकेको छैन । मिडियाले जे जस्तो सामाग्री वा सन्देश उत्पादन गरेपनि त्यसलाई अन्धाधुन्द पालना गर्ने क्रम भन्दा पनि सोच्ने, विश्लेषण गर्ने र विमर्श गर्ने क्रम भने बढेको छ । यस अर्थमा मिडिया साक्षरता बढेको अभास हुन्छ । मिडियाको सामाजिक उत्तरदायित्व समृद्धि र विकास खातिर वस्तुगत ढंगबाट प्रस्फुटन हुन आवश्यक छ । डिजिटल इन्टरनेट माध्यमका विकास र सूचना क्रान्तिले ल्याएको परिवर्तनलाई आत्मसात् गर्नु जरुरत भैसकेको छ । मिडिया संकेन्द्रितपन र डिजिटल साक्षरता नयाँ माध्यमलाई बुझ्ने आधार हुन् ।

 


क्याटेगोरी : जनमञ्च, बिचार, साहित्य
ट्याग : #media literacy

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट