Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ


चितवन, २४ फागुन । झापाका विवादित व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्। थापालाई मंगलबार भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्रोतका अनुसार थापालाई छलफल गर्ने भन्दै प्रशासनमा बोलाएर प्रहरीले पक्राउ गरेको हो। प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवनका एक सदस्य मेघराज पौडेलले थापालाई पक्राउ गरिएको पुष्टि गरे।पक्राउ परेका थापालाई रिहा गर्न अभियानले आग्रह गरेको छ। नछाडिएमा आन्दोलन थाल्ने चेतावनी पौडेलले दिएका छन्। थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए।

उनले केही कुरा बुझ्न मात्रै पक्राउ गरिएको जानकारी दिँदै मुद्दा चलाउने नचलाउनेबारे थप अनुसन्धानबाट टुंगो लाग्ने बताए। प्रसाईले नारायणी किनारमा एक कार्यक्रम गरेका थिए। त्यही दिन भरतपुर विमानस्थलमा थापाको संयोजकत्वमा दस्ता बनाइएको थियो। त्यसक्रममा उनीहरुले चर्को ब्याज असुल्ने बैंकहरुलाई नछाड्ने चेतावनी दिएका थिए।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट