Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

श्रीलङ्काले यूएईलाई १ सय ७५ रनले हरायो


काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोटमा श्रीलङ्काले यूएईलाई १ सय ७५ रनको ठूलो अन्तरले हराएको छ ।

जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा श्रीलङ्काले दिएको ३ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा १ सय ८० रन बनाउँदा अलआउट भयो । यूएईका कप्तान मुहम्मद वसीम र वृत्य अरविन्दले समान ३९ रन बनाए । यस्तै अली नसीरले ३४ र रमीद शहजादले २६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरंगाले ६ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २४ रन दिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५५ रन बनायो । श्रीलङ्काका ४ जना ब्याटरले अर्धशतक बनाए । उसका कुशल मेन्डिसले ७८, सदिरा समाराविक्रामाले ७३, पथुम निसांकाले ५७ र दिमुथ करुनारत्नेले ५२ रन बनाए ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #ICC Circket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट