Techie IT
  • २२ फागुन २०८०, मंगलबार
Jhilko

प्रधानमन्त्री प्रचण्डद्वारा झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्रीले आज (आइतबार) सामाजिक सञ्जालमार्फत लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्ने झापा विद्रोहका पाँच सहिदप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गरेका हुन् ।

प्रधानमन्त्रीले उल्लेख गरेका छन्, “लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।”


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट