Techie IT
  • ११ जेठ २०८१, शुक्रबार
Jhilko

भारतीय चललिचत्र ‘आदिपुरुष’को प्रदर्शन नेपालभर रोक्ने निर्णय


काठमाडौं, ४ असार । प्रदर्शन अगावै विवादमा तानिएको फिल्म ‘आदिपुरुष’को प्रदर्शन नेपालभर रोकिने भएको छ।

फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्मसले आजबाट फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो।

कम्पनीको यो निर्देशनसँगै देशभरका फिल्मको प्रदर्शन रोकिएको कम्पनीका निर्देशक मनोज राठीले बताएका छन्। फिल्ममा सीता भारकी छोरी हुन भन्ने संवादबाट सुरु भएको विवाद नेपालमा मात्रै होइन भारतमा पनि जारी छ। भारतीय दर्शकले समेत फिल्ममा गलत तथ्य प्रस्तुत भएकोप्रति विरोध गरिरहेका छन्।

सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको उक्त संवाद भारतमा प्रदर्शन हुने फिल्मबाट समेत नहटाए फिल्म काठमाडौंमा चल्न नदिने चेतावनी दिएका थिए। उनको समर्थनमा पोखरा तथा धरानमा पनि फिल्म प्रदर्शनमा यसअघि नै रोक लगाइएको थियो।

 


क्याटेगोरी : जनमञ्च, मनोरञ्जन, समाचार
ट्याग : #aadipurus

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट